Thursday, June 15, 2017

२१ लाख ३० हजार कित्ता साधारण सेयर (IPO) बिक्रि गर्दै हिमालयन









हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज असार १ गतेबात  २१ लाख ३० हजार ८ सय ३४ कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले यसअघि नै १० लाख ६५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित लमजुङ बासीका लागि जारी गरी बाँडफाँट समेत गरिसकेको छ ।

२१ लाख ३० हजार ८ सय ३४ कित्ता शेयरमध्ये कम्पनीले ४२ हजार ६ सय १७ कित्ता कम्पनीका कर्मचारी र एक लाख ६ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याएको छ ।

असार १ गतेदेखि ५ गते सम्म आवेदन दिन पाइने उक्त सेयर न्युनतम ५० कित्ता देखी अधिकतम १० हजार कित्ताका लागी आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशनन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयरमा आस्बा सेवा दिइरहेका सबै बैंक तथा वित्तीय संस्था साथै नियमित तर्फबाट तल उलेखित स्थानबाट आवेदन दिन सकिने छ ।

No comments:

Post a Comment