हामी च्याटमा रमाउथियौ | सुरु-सुरुमा मिठा-मिठा कुराहरु त्यसपछि माया पिरती कुरा गर्थियौ | यस्ता यस्ता बात गर्दै समयहरु बिताउ थियौ | यो लामो रातको समय पनि कति थोरै लग्थियो | जब बिहान हुन्थियो लागि रहन्थियो कहिले साझ हुन्छ अनि फेरी त्यो च्याट गर्ने समयको आउछ भनि, साझको पर्खाइमा मेरा हरेक दिन बित्न थाल्यो | उनको आइडी कति खेर अनलाइन आउछ भन्दै म बेला बेलामा हेरी रहन्थिये | जब ढिलो हुन्थियो मनमा अनेक किसिमका भावनाहरु खेलिहल्थियो, के भयो होला, किन ढिलो गरेको होला, कतै केहि त भएन तर मेरा यस्तो सोचइलाई, उनको “हाइ”ले भंग गरिदिन्थियो | अनि आउथियो मेरा रमाइला पलका क्षणहरु, सुरु हुन्थियो मायाका कुराहरु, महान् जोडीहरुका प्रेम कथाहरु | म मेरो घर परिवार, मेरा बा आमा सबैलाई बिर्सिन्थ्ये, यति मात्रै नभएर धेरै पल्ट खाना खान पनि बिर्सिन्थिए | सोच्थे माया नै हो सबैथोक, सबैकुरा र यसलाई कसैले रोक्न सक्दैन | तर मलाई सबैभन्दा ठुलो डर थियो कतै उनले मलाई छोडेर जाने हुन् कि भनेर, किनभने उनलाई मैले चिनेको त्यै च्याटबाट थियो | साथीहरु भन्थे च्याटमा चिनेकोलाई विश्वास नगर धोका होला तर म यस्ता कुरालाई सुने पनि नसुनेको झैँ एक कानले सुनेर अर्को कानले उडाइ दिन्थे | प्रेममा एक किसिमको शक्ति हुन्छ, यस्तै यस्तै सोचेर मेरा मनका भावनाहरुलाई शान्त पार्थे | यो मेरो पहिलो प्रेम थियो | म मेरो मायालाई सुमधुर बनाउन अनेक प्रयत्न गर्थे | हाम्रो प्रेममा टुसा पलाउदैथियो, अब म मुना पलाउने आपेक्षामा थिए, यस्तै सोचाइमा मेरा हर दिन हर रात बित्न थाले | प्रेममा गोडमेल, मलजल गर्थे | उनी टाढा थिइन्, सोच्थे समय आए पछी भेट हुन्छ होला | मैले सुनेको थिए “Patience is the great virtue of love” धैर्यता नै मायाको प्रतिक हो भनेर | मन बहकिने गर्दथियो कता-कता टाढा पुग्थियो | त्यसैले त्यो दिन आउने पर्खाइमा तड्पिन थाले | भबिष्यको कुरा सोच्न पुग्थे | मेरो सोचाइ कहाँ सम्म थियो भने, मेरो प्रेम सफल हुन्छ अनि यो सफल प्रेमलाई सुमधुर सम्बन्धमा जोड्ने छु | उनिलाई सधैको लागि आफ्नो बनाउछु तर अचानक एकदिन उनि च्याटमा आइनन् | सोचे कतै विशेष कम पर्यो होला | भोलि आउछिन अनि सोध्छु भन्दै त्यो रात चित्त बुझाएर सुते | अर्को दिन पनि उनि आइनन् | मन छातपट्टि भयो | निन्द्रा लागेन, किन लागोस पनि जानी नजानी प्रेममा बाधिएको यो मन अनि त्यै पनि पहिलो प्रेम कहाँ चित्त बुझाउन सकिंदो रैछ र ? जति निदाउन प्रयत्न गरे पनि नसक्दा त्यो रात म सँग हरेर बिहान भै सकेको थियो | त्यसदिन मलाई निक्कै दिक्क लगेको थियो, आफ्नो जिउ आफैलाई भारी भएर आएको थियो | त्यसै-त्यसै गीतहरुको धुनमा आफुलाई कल्पनामा डुबाएर बिताउन थाले | साझ पर्दैथियो म अनलाइन गएर उनि आउने प्रतिक्षामा बसिरहेको थिए तर साझ सकिएर रात ढल्कदै थियो | अह ! उनि आइनन्, रुन मन लाग्यो मन भित्र आशु झरिसकेको थियो तर आखामा दर्साउन भने सकिन | अफलाइन म्यासेज पठाए, च्याट छोडेर नम्वर डायल गरे तर फोन अफ थियो | धेरै पल्ट प्रयास गरे तर लागेन | त्यो नम्वरमा सन्देश पठाए, उतर आउला कि भन्दै मोबाइल बारम्बार हेरे | बेट्री सकिएको छ कि भन्दै हेरे, छैन | मनमनै रिस उठ्यो उनिसँग अनि भगवानसँग, किन यत्रो संसारमा भगवानले मलाई मात्रै तड्पाएको होला भन्दै भगवानप्रति असाध्यै रिस उठ्यो | ४ दिन बिती सक्यो | के छ कसो छ केहि थाहा थिएन | पाचौ दिन उनि अनलाइन आइन् | मनमा रिसको आवेग थियो तर त्यो भन्दा धेरै माया थियो अनि सोधे किन यस्तो गरेको तिमीले न अनलाइन आउछौ न सन्देशको उतर छ, के भयो ? उनको च्याट गर्ने शैली हल्का परिवर्तन थियो, निरास र रुन्चे इमोमा म बिरामी छु भनिन् | मलाई एकदम निरास लाग्यो अनि डर पनि | रिसको बेलामा पठाको सन्देश र अफलाइन सन्देशको याद आयो बेकारमा गाली गरेछु | यस्तो भए पछी एकछिन मात्र च्याट गरेर उनि आराम गर्न जान्छु भन्दै गइन् | धेरै दिन अनलाइन आइनन्, धेरै डर लाग्यो कतै केहि त भएन अनि अर्को मनले सोचे केहि हुन्न ठिक भए पछी आउछिन् | तर धेरै दिन नआएपछी मैले खोजि गरे | उनको साथीलाई च्याटमा भेटे र उनलाई सोधे के भयो तिम्रो साथीलाई अनलाइन आउदिनन् त ? उनले भनिन्, “ए, त्यो त अर्को आइडी चलाउछे र उसको अर्को प्रेमी छ, तिमि पनि उसको प्रेमी हो ? हा हा हा त्यसले तिमीलाई फसाएछ, तिमि जस्ता २-३ जना केटा छन् | त्यो केटि एकदम फटाहा छे |” यस्तो सुन्दा म छानाबाट खसे जस्तो भए | म सोच्न पनि सक्दिन त्यो पल, मेरा आशु कति झरे होला ? कसैलाई नदेख्दै विश्वास गरेर ठुलो गल्ति गरेछु | असहिय पीडा भयो | त्यसबेला मलाई मेरो जिन्दगी न निल्नु न् ओकल्नु भए थियो |
अहिले सोच्छु कसैलाई मनैदेखी नै विश्वास गर्दा घात पाइदो रहेछ | साच्चै नै हो रहेछ “अन्त्यहरु सुरुवात भन्दा धेरै असजिलो हुदो रहेछ |” सुरु गर्दा थोरै बुझेको थिए तर मैले अन्त्यमा घात पाए पछि धेरै कुरा बुझे | धेरै सोच्छु अनि यो मस्तिस्कमा बारम्बार एउटा वाक्य याद आउछ “असल हुदा मुल्य चुकाउनु पर्दो रहेछ |” यस्तै-यस्तै गर्दै मेरा विरक्तिएका दिनहरु बिती रहेका थिए | यो संसारमा घातमा पर्ने संख्यामा मेरो नाम थपिएको थियो | एबम् प्रकारले मेरा दिनहरु बित्दै थिए, सम्झनाहरुले पोलेको छातीमा मलम ल्याउने कोशिश गरिरहेको थिए | सोचे भगवानले मलाई एउटा गलत मान्छेबाट छुटाएका हुन् | अथवा मेरो यो सिधा बाटोमा घुमेको बाटोको प्रवेश भयो | मैले आफैलाई समाल्नु पर्छ | साथीहरुको आट भरोसामा फेरी मैले मेरो अर्को जीवन पाए जस्तो लाग्छ | कसैले मलाई भनेको थियो “कोहिसँग केहि हुदैन, त्यो एउटा भ्रममात्र हो रे” यो वाक्य अहिले मेरो लागि सही साबित भएको छ | मेरो सोच सबै भ्रम रहेछ | उसलाई पाउनु मेरो सपना रहेछ |
यस्तै गरेर मेरो मनलाई भुलाउन च्याट मै रमाउन थाले | च्याट मार्फत धेरै साथीहरु बनाए, अनि मेरो कुराहरु सुनाउ थिए, मेरा मनका पीडाहरु हल्का हुन्थियो | अनि त्यस्तै च्याट गर्दै जादा एकदिन एकजना केटिसँग परिचय भयो | च्याट गर्दै जादा उनको बारे सोधे | उनको घर त मेरो गाउभन्दा पल्लो गाउमा रहेछ | मैले चिनेको रहेनछु | च्याटकै क्रममा उनि र म मिल्ने साथी भयौ | म उनको कुराहरु एकदमै सकारात्मक भेट्थे | उनको सोच एकदमै राम्रो थियो त्यसअर्थमा पनि म उनि प्रति आकर्षित हुदैथिए | हाम्रो मित्रता सुमधुर हुदैथियो | उनि र म यति नजिक भयौ कि त्यो मित्रता कति खेर मायामा परिणत भयो पत्तो भएन | कसैले प्रेम प्रस्ताब नराखी नै मायामा थियौ हामी | तर उनको बारे बुझ्दै जादा मलाई खिन्न लाग्यो, उनि म भन्दा उमेरले ३ वर्ष ठुली रहेछिन, अनि म भन्दा दुई कक्षामाथि पढदि रहेछिन | तर म सोच्थे माया अन्धो हुन्, न मायाले जात हेर्छ, न त उमेर नै | यही सोचेर मैले त्यो सम्बन्ध अगाडी बढाउदै थिए तर मलाई डर थियो यो समाजको, के भन्ने हो ?, अनि मेरो परिवारको ? मैले यस्तो गर्दा के होला ? मेरो बेइज्जत त हुन्छ तर मेरो परिवारको झन् बेइज्जत हुन्छ | आखिर मैले पनि त आफ्नो स्वार्थ मात्रै हेरेर भएन | परिवारमा बसेपछि मेरा बा, आमाका कुरा अथवा इज्जत बचाउनु पर्छ | त्यसकारण मैले त्यो मायालाई साथि मै फेरी लग्ने प्रयास गरे | मैले उनीलाई त भनिन तर म आफै उनिबाट टाढा हुन थाले | म च्याटमा त्यति जान छोडे | कहिले काही जान्थे | अहिले पनि जान्छु | के छ, कसो छ ? त्यति मै च्याट सिमित हुन्छ | उनि र म अहिले पनि राम्रो साथी छौ र खुशी पनि लाग्छ किनकि उनीलाई मैले सुरुमै धोका भन्ने चिजबाट बन्चित गरे, सुरुमै आफैलाई बुझाउन सके अनि उनको जीवनसँग खेलबाड गरिन |
कसैलाई चायर पनि पाइएन, कसैलाई पाएर पनि चाईएन | धिक्कार छ मेरो यो बिवास्ताको जिन्दगीदेखि | यो समाजको परिधिदेखि, कसैलाई मनबाट चाहेर पनि पाउन ग्राहो छ, कसैलाई यही समाजको कारणले गुमाउनु पर्दो रहेछ | आखिर यो समाज के गर्दा खुशी हुन्छ ? अरुको मन छिया-छिया भएर तड्पीएको हेर्दा खुशी हुन्छ कि अरुको दुख वेदनामा रमाउने हुन्छ ? बैशमा मातिएर ठिटाहरुसँग लठिएर हिड्दा पचाउने यो समाज, आफु भन्दा उमेरमा परिपक्कतासंगको चोखो सम्बन्धलाई नपचाउने यो समाज कस्तो समाज ?
No comments:
Post a Comment